Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • छ महिनापछि बढ्दै बैंकहरुको ब्याजदर

    छ महिनापछि बढ्दै बैंकहरुको ब्याजदर

    अनलाइन नेपाल
  • बिहिबार, ३० भाद्र २०७९
  • 813
    SHARES

    काठमाडौं । बैंकहरूले करिब ६ महिनादेखि स्थिर राखेको निक्षेप ब्याजदर खुला छाड्ने निर्णय गरेका छन्।

    नेपाल बैंकर्स संघको सञ्चालक समितिको बैठकले ब्याजदर वृद्धि गर्ने निर्णय गरेको हो।



    अहिले बैंकहरूले साधारण मुद्दती निक्षेपमा ११.०३ प्रतिशत ब्याजदर दिइरहेका छन् । रेमिटेन्समा १२.०३ प्रतिशत र संस्थागतको अधिकतम ९.३ प्रतिशत ब्याज छ ।



    करिब १ प्रतिशतले व्यक्तिगत निक्षेपको ब्याज बढ्ने बुझिएको छ । पछिल्लो समय अर्थतन्त्रमा केही सहज भएको र रेमिट्यान्स पनि बढ्न थालेकाले ब्याजदरमा हेरफेर गर्ने निर्णय गरिएको संघका एक सदस्यले जानकारी दिए ।

    एक वर्ष अघिदेखि बैंकर्स संघले सहमतिमा एकै खालको ब्याजदर निर्धारण गर्दै आएको छ ।

    चालु आवको दुई महिनामै राष्ट्र बैंकले १७ खर्ब २३ अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा तरलता प्रवाह गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार