Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • महेश बस्नेतको कार्यक्रम तीनकुनेमा गर्न प्रशासनको अनुमति

    महेश बस्नेतको कार्यक्रम तीनकुनेमा गर्न प्रशासनको अनुमति

    अनलाइन नेपाल
  • मंगलबार, ५ मंसिर २०८०
  • 663
    SHARES

    काठमाडौं । माइतीघर मण्डलामा कार्यक्रम गर्न नपाउने भएपछि नेकपा एमालेका नेता महेश बस्नेतले तीनकुनेमा कार्यक्रम आयोजनाको अनुमति पाएका छन् ।

    एमालेनिकट युवा संघ नेपाललाई प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुनेमा प्रदर्शन गर्न अनुमति दिएको हो ।



    मेडिकल व्यवसायी दुर्गा प्रसाईँ र एमालेनिकटको राष्ट्रिय युवा संघ साथै अनेरास्ववियुको कार्यक्रमस्थल जुधेपछि सम्भावित सुरक्षा चुनौतीलाई ध्यान दिँदै प्रशासनले माइतीघर,नयाँ बानेश्वर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो ।



    प्रसाईं र बस्नेतले एकै दिन कार्यक्रम गर्ने तयारी गरेपछि प्रशासनले काठमाडौँको सुरक्षा व्यवस्थामा पनि कडाइ गरेको छ ।

    व्यवसायी प्रसाईंले पछिल्लो समय राजतन्त्रको वकालत गर्दै आएका छन् भने उनी र नेकपा एमालेका नेता महेश बस्नेतबीच आरोपप्रत्यारोप हुदैँ आएको छ ।

    दुवै पक्षले शान्ति सुरक्षा कायम राख्नेबारे लिखित रूपमा प्रतिबद्धतासमेत जनाइएको र फरक-फरक ठाउँमा शान्ति सुरक्षा कायम हुनेगरी प्रदर्शन गर्ने प्रशासनले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार