Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • स्वर्णिमलाई उपसभापति बनाउने रास्वपाको तयारी

    स्वर्णिमलाई उपसभापति बनाउने रास्वपाको तयारी

    अनलाइन नेपाल
  • मंगलबार, १२ मंसिर २०८०
  • 714
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डा. स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने तयारी गरेको छ । रास्वपाको विधानमा दुई जना उपसभापति रहने व्यवस्था छ ।

    त्यही अनुसार नै वैशाख १० को उपनिर्वाचनमा तनहुँ–१ बाट निर्वाचित सांसद वाग्लेलाई उपसभापति बनाउन लागिएको हो ।



    महोत्तरीको जलेश्वरमा जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमै उनलाई उपसभापति बनाउने तयारी रहेको बताइएको छ ।



    यस्तै रास्वपाले ११ जना केन्द्रीय सदस्य मनोनीत गर्ने तयारी गरेको छ । रास्वपाको अहिले ३९ सदस्यीय केन्द्रीय समिति छ । विधानको धारा २३ अनुसार रास्वपाले १२१ सदस्यीय केन्द्रीय समिति बनाउन सक्ने छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार