Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • बालकृष्ण खाँणजीले अवश्य न्याय पाउनु हुनेछ, मैले भनिसक्या छु : सभापति देउवा

    बालकृष्ण खाँणजीले अवश्य न्याय पाउनु हुनेछ, मैले भनिसक्या छु : सभापति देउवा

    अनलाइन नेपाल
  • मंगलबार, १२ मंसिर २०८०
  • 1.1K
    SHARES

    रूपन्देही । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता बालकृष्ण खाँण निर्दोष रहेकोले न्याय पाउने टिप्पणी गरेका छन् ।

    नेपाली कांग्रेस, रूपन्देहीको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो टिप्पणी गरेका हुन् । उनले खाँणलाई फसाइएकोले न्याय पाउनेमा आफू विश्वस्त रहेको बताए ।



    ‘बालकृष्ण खाँणजीले अवश्य न्याय पाउनुहुनेछ भन्ने मैले भनिसक्या छु । हाम्रा वकिल साथीहरू लागिरहेका छन् । मलाई विश्वास छ उहाँले न्याय पाउनु हुनेछ,’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने ।



    नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई प्रहरीले गत वैशाख २७ गते उनकै निवासबाट पक्राउ गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार