Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • अब शेरबहादुर दाइले पार्टी नेतृत्व छोड्नु पर्छ, शेखरलाई अगाडि सार्नु पर्‍यो : चन्द्र भण्डारी

    अब शेरबहादुर दाइले पार्टी नेतृत्व छोड्नु पर्छ, शेखरलाई अगाडि सार्नु पर्‍यो : चन्द्र भण्डारी

    अनलाइन नेपाल
  • शनिबार, १६ मंसिर २०८०
  • 672
    SHARES

    फाइल तस्विर

    बुटवल । कांग्रेस सांसद चन्द्र भण्डारीले कांग्रेसलाई नयाँ ढंगबाट अगाडि बढाउन शेरबहादुर देउवाले पार्टी नेतृत्व छोड्नुपर्ने बताएका छन् ।

    कांग्रेस लुम्बिनी प्रदेश सम्मेलनलाई शनिबार सम्बोधन गर्दै केन्द्रीय सदस्य तथा सांसद भण्डारीले यस्तो बताएका हुन् । उनले शेखर कोइरालालाई नेतृत्वमा अगाडि सार्नुपर्ने बताए ।



    उनले विधानतः २ पटक सभापति हुन नपाउने भएकाले पनि अब देउवा पछाडि हटेर कांग्रेस अगाडि बढाउन उनले सुझाब दिए ।



    शेरबहादुर दाइ अब अन्तिम हो, उहाँले अब यो मुलुक बनाइदिनुपर्छ,’ कोइरालातर्फ इंगित गर्दै उनले भने, ‘भोलि पार्टी सम्हाल्ने कोही छन् भने विचारका धनी महामन्त्रीहरूलाई साथ लिएर बढ्ने डाक्टर साब हो, बेष्ट सर्जन पनि हो, थेरापिस्ट पनि हो । अब उहाँ अगाडि लागेर देश बनाउनुपर्छ ।’

    भण्डारीले पार्टी सभापति देउवालाई पार्टीभित्र गुट चलाउँदा कमजोर बनेको भन्दै गुट नचलाउन सुझाव दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार