Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • राजस्व विभागको स्टिकरसहित पसल सञ्चालक पक्राउ

    राजस्व विभागको स्टिकरसहित पसल सञ्चालक पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १७ मंसिर २०८०
  • 1.3K
    SHARES

    विराटनगर । प्रहरीले मोरङबाट राजस्व विभागको अन्तःशुल्क स्टिकरसहित एक जना पसल सञ्चालकलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा धनपालथान गाउँपालिका–४ कर्सिया बजारका ४८ वर्षीय सुनीलकुमार राजवंशी रहेका छन् ।



    भोला गुट्खालगायतका सूर्तीजन्य पदार्थको ‘प्याकेट’मा प्रयोग हुने स्टिकर दुरुपयोग भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले उनको किराना पसलबाट छापा हानेको थियो।



    प्रयोगका लागि तयारी अवस्थामा राखिएको अन्तःशुल्क स्टिकर फेला परेपछि राजवंशी पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।

    उनको पसलबाट ‘रेडीमेड टोबाक्को’ लेखिएको ३ हजार १ सय ४० थान अन्तःशुल्क स्टिकर बरामद भएकोछ।

    राजवंशीलाई थप अनुसन्धान एवं कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय विराटनगरमा बुझाउने तयारी भइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार