Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • १० अर्ब राजस्व छली प्रकरण : विभिन्न प्रभावले अनुसन्धानमा विलम्ब

    १० अर्ब राजस्व छली प्रकरण : विभिन्न प्रभावले अनुसन्धानमा विलम्ब

    अनलाइन नेपाल
  • बुधबार, १६ फाल्गुन २०८०
  • 603
    SHARES

    काठमाडौं । आन्तरिक राजस्व विभागले करिब १० अर्ब रुपियाँको नक्कली बिल प्रयोग गरेर राजस्व छलेको अनुमान गर्दै एक वर्ष अगाडिदेखि २ हजार व्यवसायी तथा फर्ममाथि गरिरहेको छानबिनमा विलम्ब भएको छ।

    राजनीतिक दबाबका कारण नक्कली तथा झुटा बिजक प्रयोग गरी कारोबार गर्ने ती व्यवसायी र फर्ममाथि विभागको छानबिनले तीव्रता पाउन नसकेको हो।



    स्रोतका अनुसार व्यवसायीलाई बोलाउँदा नआउने र आइहाले पनि राजनीतिक दबाब दिएर आउने गरेको पाइएको छ भने आवश्यक कागजात मगाउँदा वा व्यक्ति उपस्थित हुने चरण लम्बिएका कारण विलम्ब भएको छ। तर, विभागले भने चैतसम्म अनुसन्धान सकाउने गरी काम भइरहेको दाबी गरेको छ।



    यद्यपि विभागकै केही अधिकारीको ती व्यवसायी फर्मसँग साँठगाँठ भएकाले अनुसन्धान प्रभावित हुन सक्ने स्रोतको दाबी छ । कतिपय पुराना बिलसमेत अनुसन्धान गर्नुपर्ने भएको हुनाले अनुसन्धानमा कठिनाइ भएको स्रोतले बतायो । नेपाल समाचारपत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार