Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • आन्तरिक राजस्व विभागका महानिर्देशक बरालको सरुवा

    आन्तरिक राजस्व विभागका महानिर्देशक बरालको सरुवा

    अनलाइन नेपाल
  • मंगलबार, १३ चैत्र २०८०
  • 363
    SHARES

    काठमाडौं । सरकारले आन्तरिक राजस्व विभागका महानिर्देशक र उपमहानिर्देशकको सरुवा गरेको छ ।

    सरकारले अर्थ मन्त्रालय मातहतको आन्तरिक राजस्व विभागका महानिर्देशक भुपाल बराल र उपमहानिर्देशक अर्जुनप्रसाद भट्टराइको सरुवा गरेको हो ।



    भुपाललाई वन तथा वातावरण मन्त्रालय मातहतको वातावरण विभागको महानिर्देशकमा सरुवा गरिएको छ भने भट्टराईलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइएको छ ।



    अर्थ मन्त्रालयमा तीन जना सहसचिवलाई भित्राइएको स्रोतले बतायो ।सहसचिव ढुण्डीप्रसाद निरौला, शिवलाल तिवारी र नारायणप्रसाद सापकोटा अर्थमा भित्रिएका छन् ।

    तर, उनीहरुलाई अर्थले भने अझै जिम्मेवारी तोकिसकेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार