Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • उत्कृष्ट करदातालाई सरकारले विशेष पास उपलब्ध गराउने

    उत्कृष्ट करदातालाई सरकारले विशेष पास उपलब्ध गराउने

    अनलाइन नेपाल
  • बिहिबार, ७ मंसिर २०८०
  • 711
    SHARES

    काठमाडौं । सरकारले उत्कृष्ट करदातालाई विशेष पास उपलब्ध गराउने भएको छ।

    सरकारले कर दिवसमा सम्मानित हुने करदातालाई एक वर्षका लागि सिंहदरबार छिर्ने पास उपलब्ध गराउने भएको हो ।



    अर्थ सचिव कृष्णहरि पुष्करले आन्तरिक राजस्व विभागलाई आजैदेखि यस्तो पास उपलब्ध गराउन निर्देशन दिएका छन् ।



    उत्कृष्ट करदाताको माग बोमोजिम विशेष परिचय पास उपलब्ध गराउन लागिएको अर्थसचिव पुष्करले बताए।

    पास आन्तरिक राजस्व विभागले उपलब्ध गराउने छ। उक्त पास देखाएर उत्कृष्ठ करदाताहरू सिंहदरबारसमेत सहज रूपमा प्रवेश गर्न सक्नेछन्।

    उत्कृष्ठ करदातालाई सम्मान गर्दै आएको विभागले यस वर्ष १६ विधाका उत्कृष्ठ करदातालाई सम्मान गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार