Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • स्वदेशी आलु, प्याज र स्याउमा भ्याट नलाग्ने

    स्वदेशी आलु, प्याज र स्याउमा भ्याट नलाग्ने

    अनलाइन नेपाल
  • शुक्रबार, २२ मंसिर २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । आन्तरिक राजस्व विभागले नेपालमै उत्पादन भएका आलु, प्याज, स्याउलगायत उत्पादनमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पारेको छ ।

    विगतमा भ्याट छुट दिइँदै आएका केही वस्तुमा चालु आर्थिक वर्षको बजेटमार्फत् सरकारले उक्त छुट सुविधा कटौती गरेको थियो ।



    सरकारले आयातित आलु, प्याजमा मात्रै भ्याट छुट खारेज गरेको बताए पनि आन्तरिक उत्पादनमासमेत भ्याट लाग्न थालेको भन्दै कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका व्यापारी विरोधमा छन् ।



    विरोधस्वरुप कालीमाटीका होलसेल व्यापारीले आलु, प्याजको आयात तथा बिक्री रोकेपछि बजारमा अभाव र चर्को मूल्यवृद्धि देखिएको छ। तर आन्तरिक राजस्व विभागले भने आज एक सूचना जारी गर्दै आन्तरिक उत्पादनमा भ्याट नलाग्ने स्पष्ट पारेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार