Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • पूर्वगृहमन्त्री खाँणले अदालतमा बुझाए ३० लाखको बैंक ग्यारेन्टी

    पूर्वगृहमन्त्री खाँणले अदालतमा बुझाए ३० लाखको बैंक ग्यारेन्टी

    अनलाइन नेपाल
  • शुक्रबार, २९ मंसिर २०८०
  • 699
    SHARES

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी पूर्वगृहमन्त्री बालकृष्ण खाँणले धरौटी वापतको रकम अनुसारको बैंक ग्यारेन्टी पेश गरेका छन् ।

    पूर्वगृहमन्त्री खाँणले आज जिल्ला अदालत काठमाडौंमा पुगेर उच्च अदालत पाटनको आदेश अनुसार धरौटीमा रिहा हुन बैङ्क ग्यारेन्टी बुझाएका हुन् ।



    बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि उनी शुक्रबार धरौटी रकम जम्मा गर्न अदालत पुगेका छन् ।



    अदालतमा उनले धरौटी रकम अनुसार ३० लाख रुपैयाँको बैंक ग्यारेन्टी बुझाए पनि तत्काल उनी छुट्ने छैनन् ।

    उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित गराएपछि मात्र छाडिने कारागार स्रोतले बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार