Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • २५ किलो चरेससहित दुईजना पक्राउ

    २५ किलो चरेससहित दुईजना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, ३० मंसिर २०८०
  • 669
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौंको बलम्बुबाट दुईजनालाई पक्राउ गरेको छ । २५ किलो चरेस कारोबार गरिरहेका बेला उनीहरू पक्राउ परेका हुन् ।

    धादिङको गल्छीस्थित कोइलीखर्कका भीमबहादुर तामाङ र सोही ठाउँका कान्छा तामाङ पक्राउ परेका हुन् ।



    ब्युरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द थपलियाले भने, “सुराकी पाएपछि गए राति नै टोली परिचालन गरिएको थियो । उनीहरूमाथि अनुसन्धान भइरहेको छ ।”



    यसैबीच, अमेरिकाबाट पार्सल गरी ल्याइएको ५५ किलो गाँजा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको थपलियाले जानकारी दिए । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार