Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • बेलायतबाट पार्सल गरी ल्याएको ५०० ट्याब्लेट चरेस सहित एक जना पक्राउ

    बेलायतबाट पार्सल गरी ल्याएको ५०० ट्याब्लेट चरेस सहित एक जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ११ बैशाख २०७९
  • 1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रहरीले हुलाकमार्फत पनि लागुऔषध ओसारपसार भएको फेला पारेको छ ।

    लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार बेलायतबाट आएको हुलाक पार्सलमा लागुऔषध फेला परेकाले उक्त घटनामा संलग्न रहेका पर्साका राजशिखर गुप्तालाई पक्राउ गरिएको छ ।



    अनुसन्धानमा हुलाकमार्फत आएको क्याण्डी चक्लेटमा गाँजा र चरेसको मात्रा फेला परेको र उक्त सामग्री डेलिभरी गर्ने क्रममा गुप्ताले लिएको फेला परेको जनाइएको छ ।



    अनुसन्धानका क्रममा उनको घरमा बेलायतबाट पार्सल गरी आएको ५०० ट्याब्लेट फेला परेको र त्यसको परीक्षण गर्दा एम्फेटामिन रहेको पत्ता लागेको थियो । लागुऔषध नियन्त्रण ब्यूरोले अनुसन्धान गरी पठाएको उक्त मुद्दामा गुप्ता पूर्पक्षका लागि कारागार चलान भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार