Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • सरुवा रोग अस्पतालको ३ अर्ब ३३ करोड ठेक्कामा मन्त्री गुरुङको चलखेल, बजेट नै नभए पनि आर्थिक प्रस्ताव खोलियो

    सरुवा रोग अस्पतालको ३ अर्ब ३३ करोड ठेक्कामा मन्त्री गुरुङको चलखेल, बजेट नै नभए पनि आर्थिक प्रस्ताव खोलियो

    अनलाइन नेपाल
  • सोमबार, २ पुष २०८०
  • 2.8K
    SHARES

    काठमाडौं । विकासे मन्त्रालयका हरेक मन्त्रीहरुमा प्रत्येक ठेक्कामा कमिसन खाने प्रवृत्ति मौलाउँदा लोकतान्त्रिक शासन ब्यवस्थामाथि नै कालो बादल मडारिएको छ ।

    स्वतन्त्रका नाममा चटके र गँजेडीहरुलाई नागरिकले बिश्वास गर्न थालेका छन्, सेलिब्रेटीका रुपमा तिनको अनुशरण गर्न थालेका छन् । बजेटको सुनिश्चितता नै नभएको योजनाको टेण्डर गरी ठेक्का दिएर कमिसन बटुल्न मन्त्रीहरुबीच होडबाजी छ ।



    २०७६ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जग्गा नै अधिग्रहण नगरी रेलको ठेक्का लगाउन खोजेजस्तै सहरी विकास मन्त्री सीता गुरुङले बजेट नै ब्यवस्था नगरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकूको भवन निर्माणको बोलपत्र टुंग्याउन दबाब दिएकी छन् ।



    सघन सहरी तथा भवन निर्माण आयोजनाले १ भदौ २०८० मा उक्त अस्पतालको टेण्डर आह्वान गरेको थियो । सहरी विकास तथा भवन निर्माण विभाग आयोजना काठमाडौंले बोलपत्रको सूचना निकालेको हो ।

    नेपाल सरकारले सरुवा रोग अस्पतालको भवन निर्माण गर्ने निर्णय त गरेको छ । तर त्यसका लागि बजेटको ब्यवस्था गरिनसकेको अवस्थामा सहरी विकास मन्त्री सीता गुरुङले गतसाता आर्थिक प्रस्ताव खोल्न दबाब दिएकी थिइन् । कोपमा भाग लिन दुबईमा रहेकै बेला उनले संघीय सहरी आयोजना काठमाडौंका प्रमुख गणेश कर्माचार्यलाई दबाब दिएकी हुन् ।

    बजेटको ब्यवस्था नभएसम्म कसरी आर्थिक प्रस्ताव खोल्ने भनेर कार्यालय प्रमुख कर्माचार्यले अनुरोध गर्दा उनले ‘तपाईको काम ठेक्का अगाडि बढाउने हो, आर्थिक प्रस्ताव खोल्नुस्’ भनेपछि कर्माचार्यको केही जोड चलेन ।

    अन्ततः २२ मंसिर २०८० मा अस्पतालको भवन निर्माणको आर्थिक प्रस्ताव खोलिएको छ । ठेक्का हत्याउन कन्ट्याक्ट कन्ष्ट्रक्सन प्रालिका संचालकद्वय प्रमोद अधिकारी र सुदिप घिमिरेसँग मन्त्री गुरुङको लेनादेना भइसकेकाले बजेट नै ब्यवस्था नभए पनि आर्थिक प्रस्ताव खोल्न दबाब दिएको स्रोतको भनाइ छ ।

    सरुवा रोग अस्पतालको उक्त ठेक्कामा पहिल्यै सेटिङ गरिसकेकी मन्त्री गुरुङले मन्त्रिपरिषद पुनर्गठन हुने हल्लासँगै हतार हतार ठेक्का टुंग्याउन दबाब दिएको स्रोत बताउँछ । स्रोत भन्छ–‘मन्त्री गुरुङले कन्ट्याक्ट कन्ष्ट्रक्सन प्रालिलाई ठेक्का दिनेगरी सेटिङ गरिसकेकी छन् ।

    कन्ट्याक्टका संचालक प्रमोद अधिकारी र सुदीप घिमिरेले मन्त्रिपरिषद पुनर्गठनमा सहरी विकास मन्त्री फेरिने हल्लासँगै उक्त ठेक्का टुंग्याउन घचघच्याएपछि मन्त्री गुरुङले आयोजना प्रमुख कर्माचार्यलाई दबाब दिएकी हुन् । मन्त्री गुरुङको दबाबमा आर्थिक प्रस्ताव खोलिए पनि अर्थमन्त्रालयका कर्मचारीहरुले भने आर्थिक मन्दीका कारण बहुबर्षीय ठेक्काको बजेट ब्यवस्था गर्न आनाकानी गरिरहेका छन् ।

    मन्त्री गुरुङमार्फत् आर्थिक प्रस्ताव खोलिसकेका कन्ट्याक्टका संचालकहरुले बजेटको ब्यवस्था गर्नका लागि अर्थमन्त्री डा. प्रकाशशरण महत पत्नी विना महतसँग पनि निवासमै गएर भेटेका छन् । कन्ट्याक्टका अधिकारी र घिमिरेले सहरी विकास मन्त्री सीता, अर्थमन्त्री पत्नी विनाका अलावा बालुवाटारमा शक्तिशाली स्वकीय प्रमुख स्वकीय सचिव गंगा दाहाललाई समेत मिलाएर ठेक्का हत्याउन लागेका छन् ।

    स्रोतका अनुसार ठेकेदारद्वयले सरुवा रोग अस्पताल निर्माणको ३ अर्ब ३३ करोड रुपैयाँ लागतको उक्त बहुबर्षीय ठेक्का सेटिङमा कन्ट्याक्टले हत्याउन सबै हत्कण्डा प्रयोग गर्दा पनि अर्थले बजेट ब्यवस्था गर्न आनाकानी गरेपछि बुझाइसकेको कमिसन डुबेको गुनासो बिभिन्न ठाउँमा मौखिक रुपमा गर्न थालेका छन् ।

    समाचारका विषयमा प्रतिकृयाका लागि मन्त्री गुरुङसँग पटक–पटक सम्पर्क गर्दा उनीसँग सम्पर्क हुन सकेन ।

    यसअघि मन्त्री महतकी पत्नी विनाले ठूला ठेकेदारहरुको भुक्तानी र बहुबर्षीय ठेक्का स्वीकृति गरिदिने भनेर १ प्रतिशत माग्ने गरेको पनि खुलेको थियो । विनालाई मागेको प्रतिशत दिएर ठेकेदारहरु ठेक्काको भुक्तानी र बहुबर्षीय ठेक्का स्वीकृति गराउन थालेका छन् ।

    आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनको पेरीफेरीमा मन्त्रिपरिषद पुनर्गठन हुने र क्षमता देखाउन नसकेकाले डा. महत फेरिने चर्चासँगै मन्त्रीपत्नी ठेकेदारहरुसँग जतिसक्दो बढी धन आर्जनतिर लागेकोे आरोप छ ।

    ठेक्का सम्पन्न भएका कामको भुक्तानी र बहुबर्षीय ठेक्का स्वीकृतिको दररेट १ प्रतिशत तय भएपछि त्यही अनुसार कबोल गरेका ठेकेदारहरुको सूची विनाले बजेट महाशाखा प्रमुख उत्तर खत्रीलाई दिएर आर्थिक लाभ लिने गरेको एक ठेकेदार बताउँछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार