Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • चीनमा भूकम्प : मृत्यु हुनेको संख्या १२७ पुग्यो, डेढ लाख भवन क्षतिग्रस्त

    चीनमा भूकम्प : मृत्यु हुनेको संख्या १२७ पुग्यो, डेढ लाख भवन क्षतिग्रस्त

    अनलाइन नेपाल
  • मंगलबार, ३ पुष २०८०
  • 1.2K
    SHARES

    एजेन्सी । उत्तरपश्चिमी चीनको दुर्गम गाउँहरूमा उद्धारकर्मीहरूले भत्किएका घरका भग्नावेशषबाट मङ्गलबार भूकम्पमा परी मृत्यु भएका एक सय २७ जनाको शव निकालेका छन् ।

    गान्सु प्रान्तमा मध्यरातभन्दा ठिकअघि गएको भूकम्पबाट कम्तीमा एक सय १३ जनाको मृत्यु र पाँच सय ३० जना घाइते भएको सरकारी सञ्चारमाध्यमले बताएका छन् । त्यहाँ माइनस १७ डिग्री तापक्रम रहने अनुमान छ ।



    सरकारी समाचारपत्र पिपुल्स डेलीका अनुसार छिमेकी किङ्घाई प्रान्तको ह्याडोङमा थप १४ जनाको मृत्यु र एक सय ९८ जना घाइते भएका छन् ।



    सरकारी प्रसारक सिसिटिभीका अनुसार भूकम्पबाट एक लाख ५५ हजारभन्दा धेरै भवन क्षतिग्रस्त भएका छन् र बासिन्दाहरू सुरक्षाका लागि चिसो सडकमा भागेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार