Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • निगमद्वारा पाँचवटा जहाज लिलामीका लागि बोलपत्र

    निगमद्वारा पाँचवटा जहाज लिलामीका लागि बोलपत्र

    अनलाइन नेपाल
  • शुक्रबार, ६ पुष २०८०
  • 510
    SHARES

    काठमाडौं । नेपाल वायुसेवा निगमले पुराना पाँचवटा जहाज लिलामीका लागि सिलबन्दी बोलपत्र आह्वान गरेको छ ।

    चीनबाट विसं २०७१ मा आन्तरिक उडान प्रयोजनका लागि ल्याइएका दुई वटा एमए–६० र तीन वटा वाई–१२ ई जहाज लिलाम बिक्रीका लागि गोप्य सिलबन्दी बोलपत्र आह्वान गरिएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।



    पौडेलले भने, “जहाज लिलाम बिक्रीका लागि बिहीबार गोप्य सिलबन्दी बोलपत्र आह्वान गरिएको छ । आउँदो फेब्रअरी ४ तारिख अर्थात् माघ २१ गतेसम्म म्याद रहेको छ ।”



    उहाँका अनुसार लिलाम बिक्रीका लागि सिलबन्दी बोलपत्र आह्वान गरिएका जहाज तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेडमा रहेका छन् । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार