Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • वायुसेवा निगमको दिल्ली उडान आज पनि स्थगित, सयौं यात्रु अलपत्र

    वायुसेवा निगमको दिल्ली उडान आज पनि स्थगित, सयौं यात्रु अलपत्र

    अनलाइन नेपाल
  • सोमबार, १४ कार्तिक २०७९
  • 699
    SHARES

    काठमाडौं । नेपाल वायुसेवा निगमको बिहानको दिल्ली उडान आज पनि स्थगित भएको छ । बिहान ८ बजे नै उडान भर्ने भनिए पनि उडान रोकिँदा १ सय ५० जना यात्रु रोकिएका हुन् ।

    तर १ सय ५० जनालाई हिजो नै खबर गरेकाले विमानस्थलमा हिजो जस्तो नाराबाजी छैन । हिजो पनि उडान रोकिँदा २ सय ७४ यात्रु दिल्ली जान पाएका थिएनन् ।



    रोकिएका यात्रुलाई दिल्ली उडान गर्ने अरु एअरलाइन्स र निगमकै जहाजमार्फत पठाउने तयारी छ ।



    नागरिक उड्डयन प्राधिकरणले स्वीकृत गरेको तालिका अनुसार निगमले काठमाडौंबाट अब हप्तामा १० वटा उडान मात्र दिल्ली भर्न पाउँछ । चार वटा उडान भैरहवाबाट गर्नु पर्नेछ । तर निगम यो निर्णयको अटेरी गर्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार