Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • वायुसेवा निगमको वित्तीय सूचकमा सुधार, नयाँ जहाज किन्ने तयारी

    वायुसेवा निगमको वित्तीय सूचकमा सुधार, नयाँ जहाज किन्ने तयारी

    अनलाइन नेपाल
  • शुक्रबार, ५ जेष्ठ २०८०
  • 363
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वित्तीय सूचकमा सुधार देखिएको छ । पछिल्लो एक वर्षमा निगमले वित्तीय सुधार गरी थप जहाज खरिदको तयारी थालेको जनाएको छ ।

    संस्थाको व्यापार विस्तार तथा नगद प्रवाहमा थप सुधार ल्याउन अन्तर्राष्ट्रिय गन्तव्य विस्तारमा लागेको निगमले आन्तरिक उडानमार्फत समेत आम्दानी बढाउन नयाँ जहाज खरिदको प्रक्रिया अघि बढाएको छ ।



    निगमले अन्तर्राष्ट्रिय उडानका लागि किनेका न्यारोबडी र वाइडबडी जहाजका लागि लिएको ऋण दायित्वको किस्ताबापत कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ५३ करोड नौ लाख ५५ हजार २८१ रुपियाँ भुक्तानी गरेको छ ।



    त्यसअघि असारमा एक अर्ब ३५ करोड रुपियाँ, असोजमा ७३ करोड नौ लाख ५५ हजार रुपियाँ र पुसमा ३३ करोड नौ लाख ५५ हजार रुपियाँ भुक्तानी गरेको थियो ।

    निगमका सहायक प्रवक्ता गणेश घिमिरेका अनुसार जहाज खरिदका लागि लिएको ऋणको सावाँ र ब्याजमा मात्रै पछिल्लो एक वर्षमा करिब तीन अर्ब रुपियाँ भुक्तानी गरेको निगमले थप आम्दानी बढाएर ऋण चुक्ता गर्न प्रादेशिक रूपमा हवाई कनेक्टिभिटी बढाउने योजनासहित जहाज थप्न लागेको हो ।

    काठमाडौँबाट सिङ्गापुर–अस्ट्रेलिया, दक्षिण कोरिया उडानका लागि समेत प्रव्रिmया चलिरहेको जनाउँदै उनले आफ्नै आन्तरिक स्रोतबाट सहरी क्षेत्रका विमानस्थलमा उडान भर्न सक्ने दुई वटा र दुर्गम क्षेत्रमा उडान विस्तार गर्न तीन वटा जहाज थप्ने कार्य योजनासमेत अघि बढेको बताए । निगमले अस्ट्रेलिया उडानको प्रक्रियासमेत अन्तिम चरणमा पुगेको जनाएको छ । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार