Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • विकास र समृद्धिका लागि एमालेको विकल्प छैन : महासचिव पोखरेल

    विकास र समृद्धिका लागि एमालेको विकल्प छैन : महासचिव पोखरेल

    अनलाइन नेपाल
  • शनिबार, ७ पुष २०८०
  • 336
    SHARES

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको विकास र समृद्धिका लागि एमालेको अर्को विकल्प नभएको बताएका छन् ।

    च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा आयोजित वागमती प्रदेश सम्पर्क कमिटीको दोस्रो अधिवेशनमा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन्।



    महासचिव पोखरेलले वर्तमान सरकारले मुलुकको विकास र समृद्धिको यात्रालाई अवरुद्ध पारेको भन्दै त्यसलाई यथोचित ढंगले सञ्चालन गर्न एमालेलाई रोज्न समेत आह्वान गरे ।



    महासचिव पोखरेलले भने,‘अब स्वार्थहरूको गठबन्धन होइन, नीतिगत श्रेष्ठताका आधारमा राजनीतिक नेतृत्व गर्ने परिवेशको निर्माण गर्नुपर्दछ । त्यसका लागि अब हामीले राजनीतिक ध्रुवीकरणको बाटो तय गर्नुपर्दछ। अब राजधानीमा आउने जुनसकै पार्टीका मान्छे भए पनि तपाईंहरूले बुझ्नुपर्दछ । देश जोगाउने हो भने, स्वाधिनता बलियो बनाउने हो भने एमाले रोज्नुपर्दछ । हिजो को कहाँ थियो भन्ने कुरालाई अब बिर्सिनुपर्छ ।’

    उनले वर्तमान सरकारलाई स्वार्थी गठबन्धनको संज्ञा दिए । उनले मुलुकको आर्थिक विकास र समृद्धि आवश्यक भए राजनीतिक ध्रुवीकरण अपरिहार्य भएको बताए ।

    महासचिव पोखरेलले अहिले जनताले विकास र परिवर्तन खोजेको बताए । फरक प्रसंगमा उनले अवैधानिक आर्थिक चलखेल गरेकाले बैंकहरूले ब्याजदर बढाउनु परेको जिकिर गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार