Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • रवि लामिछानेमाथि सहकारीको पैसा दुरुपयोग गरेको आरोप लगाउँदै मन्चमै आक्रमण

    रवि लामिछानेमाथि सहकारीको पैसा दुरुपयोग गरेको आरोप लगाउँदै मन्चमै आक्रमण

    अनलाइन नेपाल
  • शनिबार, ७ पुष २०८०
  • 2.1K
    SHARES

    फाइल तस्विर

    पोखरा । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि आक्रमण भएको छ ।

    अमरसिंहचौरस्थित खेल मैदानमा चलिरहेको सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि लमजुङ घर भई पोखरा बस्दै आएका सन्तोष रानाभाटले खोया प्रहार गरेका हुन् ।



    उनले प्रहार गरेको खोया मन्चमा पुगेको थियो। रानाभाटलाई वडा प्रहरी कार्यालय रामबजारको प्रहरी टोलीले पक्राउ गरेको छ ।



    रानाभाटलाई पक्राउ गरिएको र थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । सभापति लामिछानेले सहकारीको कुरा गरेपछि आक्रोशित बनेका रानाभाटले खोया प्रहार गरेका थिए ।

    उनी सूर्यदर्शन सहकारीका बचतकर्ता हुन् । सूर्यदर्शन सहकारीका सञ्चालक जीबी राई हुन् । सो सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेपछि राई फरार छन् ।

    राईले उक्त सहकारीबाट ऋण लिएर ग्यालेक्सी फोर के टेलिभिजन खोलेको र ग्यालेक्सीमा उक्त सहकारीबाट लामिछानेले समेत ऋण लिएर संस्थापक सेयर लगानी गरेको फेला परेको थियो ।

    रवि लामिछानेले जीबी राईलाई संरक्षण गर्दै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार