Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • आजदेखि सबै उच्च अदालत र इजलासमा स्वचालित पेशी प्रणाली सुरु गरिँदै

    आजदेखि सबै उच्च अदालत र इजलासमा स्वचालित पेशी प्रणाली सुरु गरिँदै

    अनलाइन नेपाल
  • आइतबार, ८ पुष २०८०
  • 381
    SHARES

    फाइल तस्विर

    काठमाडौं । देशका उच्च अदालत र इजलासमा आजदेखि स्वचालित पेशी तारेख व्यवस्थापन प्रणाली सुरु गरिँदै छ ।

    त्यसको शुभारम्भ प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले गर्न लागेका हुन् ।



    प्रधानन्यायाधीश श्रेष्ठले आज बिहान ११ बजे पाटन उच्च अदालतबाट सबै उच्च अदालत र इजलासमा स्वचालित पेशी तारेख व्यवस्थापन प्रणालीको शुभारम्भ गर्ने सर्वोच्च प्रशासनले जनाएको छ ।



    यसअघि गोला प्रथाबाट पेशी तोकिँदै आएको थियो । तत्कालीन न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको अध्ययन समितिले अदालतमा हुने विकृति, विसंगति हटाउन स्वचालित पेशी प्रणाली लागु गर्न सुझाव दिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार