Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पूर्वराजा ज्ञानेन्द्रको सक्रियता बढ्यो, एक महिना देश दौडाहामा

    पूर्वराजा ज्ञानेन्द्रको सक्रियता बढ्यो, एक महिना देश दौडाहामा

    अनलाइन नेपाल
  • मंगलबार, १० पुष २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । मंसिर ९ गते झापाको बिर्तामोडस्थित इकम कलेजमा निर्माण गरिएको पृथ्वीनारायण शाहको शालिक अनावरणपछि पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीति सक्रियता शुरू गरेका छन् ।

    यही आइतबार पूर्वरानी कोमल, छोरी प्रेरणा र धीरेन्द्रपुत्री दिलासासहित भैरहवाको होटल सिद्धार्थ पुगेका पूर्वराजा शाह स्वर्गीय राजा वीरेन्द्रको जन्मोत्सवको दिनदेखि नागरिक अभिनन्दन र पूजापाठमा व्यस्त हुनेछन् ।



    स्रोतका अनुसार यही १४ गते चन्द्रौटा र १५ गते नवलपरासीका जनताको तर्फबाट आयोजना हुने नागरिक अभिनन्दनमा सहभागी हुने कार्यक्रम रहेको छ।



    भैरहवामा नागरिक अभिनन्दन हुनुअघि उनी पाल्पा भगवती र अर्घाखाँचीको सुपा देउराली भगवतीको दर्शन गर्ने कार्यक्रम रहेको छ। नेपाल समाचारपत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार