Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • नेपालका कम्युनिष्ट पार्टीको उत्तराधिकारी हामी हौं : माधव नेपाल

    नेपालका कम्युनिष्ट पार्टीको उत्तराधिकारी हामी हौं : माधव नेपाल

    अनलाइन नेपाल
  • बुधबार, ११ पुष २०८०
  • 339
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेपालका कम्युनिष्ट पार्टीको उत्तराधिकारी आफ्नो पार्टी भएको दाबी गरेका छन्।

    बुधबारबाट सुरू भएको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । कम्युनिष्ट पार्टीको वास्तविक उत्तराधिकारी भएकाले आफूहरूले १० औं महाधिवेशन गर्न लागेको बताए ।



    अध्यक्ष नेपालले भने, ‘हामी नेकपा एकीकृत समाजवादीको १० औं महाधिवेशन आयोजना गर्ने बिन्दुमा उभिएका छौं । हामीले १० औं महाधिवेशन किन भनिरहेका छौं भने नेपाल कम्युनिष्ट पार्टी जुन २००६ सालमा स्थापना भएको हो । त्यसको उत्तराधिकारी हौं । विभिन्न बेलामा यस्ता समय आएका छन् जतिबेला हामीले नयाँ क्रान्तिकारी धारलाई समात्दै भइरहेको पार्टीबाट विद्रोह गरेर नयाँ पार्टी बनाउन परेको छ ।’



    यद्यपि, नेकपा एसले गर्न लागेको यो महाधिवेशन पहिलो हो । एमालेले यसअघि नै १० औं महाधिवेशन गरिसकेको छ ।

    तर, अध्यक्ष नेपालले एमाले फुटाएर नयाँ पार्टी बनाएको भएपनि उत्तराधिकारी आफ्नो पार्टी भएको जिकिर गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार