Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • राष्ट्रियसभा चुनावका लागि निर्वाचन अधिकृत नियुक्त

    राष्ट्रियसभा चुनावका लागि निर्वाचन अधिकृत नियुक्त

    अनलाइन नेपाल
  • बिहिबार, १२ पुष २०८०
  • 453
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभाको चुनावका लागि निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

    सात प्रदेश राजधानीमा हुने निर्वाचनका लागि प्रदेश राजधानी रहेको जिल्लाका जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृतको जिम्मा दिइएको हो ।



    आयोगले जारी गरेको सूचना अनुसार कोशीमा मोरङ जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद ढुंगेल निवाचन अधिकृत छन् ।



    त्यस्तै मधेशमा धनुषा जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद सुवेदी, बागमतीमा मकवानपुरका जिल्ला न्यायाधीश महेन्द्रबहादुर कार्की, गण्डकीमा कास्की जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद बास्तोला निर्वाचन अधिकृत बनेका छन् ।

    लुम्बिनीमा दाङ जिल्ला अदालतका न्यायाधीश कृपासुर कार्की, कर्णालीमा सुर्खेत जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अर्याल र सुदूरपश्चिममा कैलाली जिल्ला अदालतका न्यायाधीश ओमप्रसाद अर्याल निर्वाचन अधिकृत बनेका छन् ।

    उनीहरुको नियुक्ति पुस १६ गतेदेखि लागू हुने आयोगको भनाइ छ । उनीहरुले १६ गते नै सम्बन्धित प्रदेशको प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुपर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार