Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • जिप दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

    जिप दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

    अनलाइन नेपाल
  • शुक्रबार, १३ पुष २०८०
  • 534
    SHARES

    फाइल तस्विर

    बाजुरा । जिल्लाको गौमूल गाउँपालिका नजिकै मालिवनमा गएराति जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।

    मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका ६ घर भएका जीप धनी अन्दाजी ३८ वर्षीय देवेन्द्र नाथ रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।



    घटमुनाबाट सिया ढुङ्गा जाँदै गरेको से१ज ९८९ नंको जिप मालिवन भन्ने ठाउँमा अनियन्त्रित भई दुुर्घटना भएको हुन सक्ने प्रहरी निरीक्षक किशोरसिं ऐरीले जानकारी दिए ।



    उनका अनुसार जिपमा सवार जय मालिका यातायात प्रालिका ‘काउन्टर प्रमुख’ मदन रोकाया घाइते भएका छन् । जिप सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार