Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • साताको अन्तिम कारोबार दिन ८ अंकले घट्यो नेप्से

    साताको अन्तिम कारोबार दिन ८ अंकले घट्यो नेप्से

    अनलाइन नेपाल
  • बिहिबार, १९ पुष २०८०
  • 477
    SHARES

    फाइल फोटो

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ८.७१ अंक घटेको छ ।

    बजार परिसूचक नेप्से ८.७१ अंकले गिरावट हुँदा २०४९ को विन्दुमा बन्द भएको हो । नेप्से घट्दा कारोबार रकम भने बढेको छ ।



    बुधबार ४ अर्ब ४ करोडको कारोबार भएकोमा बिहीबार ५ अर्ब ५८ करोडको भएको छ ।



    कुल ११३ कम्पनीको मूल्य बढ्दा १२८ को घट्यो भने ५ को स्थिर रह्यो । समग्र बजार घट्दा ब्यापार समूह २.३, हाइड्रोपावर १.८ र लगानी समूह १.१ प्रतिशत बढ्यो।

    टेलिकम सूचीकृत अन्य समूह भने सबैभन्दा धेरै ३.७ प्रतिशत घट्यो । समग्र बजार घट्दा पनि ४ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो ।

    कालिका पावर, सिंगटी हाइड्रोपावर, नेपाल वेयरहाउजिङ कम्पनी र मुक्तिनाथ कृषि कम्पनीको मूल्य १० प्रतिशत बढ्यो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार