Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • अरब सागरमा व्यापारिक जहाज अपहरण

    अरब सागरमा व्यापारिक जहाज अपहरण

    अनलाइन नेपाल
  • शुक्रबार, २० पुष २०८०
  • 606
    SHARES

    एजेन्सी। अरब महासागरमा लाइबेरियाको झन्डावाहक व्यापारिक जहाज अपहरणको घटनापछि भारतले त्यहाँ आफ्नो एउटा युद्धपोत तैनाथ गरेको छ।

    सोमालियाको तटनजिक अपहरणमा परेको उक्त मर्चेन्ट शिपको चालक दलमा केही भारतीयहरु पनि थिए । बिहीबार लाइबेरियाको झन्डा भएको मालबाहक जहाज एमवी लिला नरफल्क जहाज अपरणमा परेको सूचना युके मेरिटाइम ट्रेड अपरेशन्सले दिएको थियो।



    युके मेरिटाइम ट्रेड अपरेशन्स बेलायती सेनाको संगठन हो । यसले रणनीतिक समुद्री मागमा अलग अलग जहाजको चाल हेर्छ । बिहीबार साँझ हथियारधारी ५/६ जना जहाजभित्र घुसेका थिए ।



    उक्त जहाजमा कयौँ भारतीय नागरिकहरु भएको बताइएको छ । यो घटनालाई नजिकबाट नियालिरहेको नौसेनाको भनाइ छ ।

    जहाजको गतिविधिहरु नियाल्ने काम पनि भइरहेको छ । अरब सागरमा जहाज अपहरण र जहाजमाथि आक्रमणका घटनाहरु बढ्न थालेपछि भारतीय नौसेनाले आफ्नो निगरानी तीव्र पारेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार