Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • यो मुलुक राजामहाराजाको होइन, जनताको देश हो : माधव नेपाल

    यो मुलुक राजामहाराजाको होइन, जनताको देश हो : माधव नेपाल

    अनलाइन नेपाल
  • सोमबार, २३ पुष २०८०
  • 525
    SHARES

    फाइल तस्विर

    वीरगन्ज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले नेपालमा अब राजतन्त्र फर्कने सम्भव नभएको दाबी गरेका छन् ।

    सोमबार बाराको परवानीपुर गाउँपालिका-५ बहुवरीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले यस्तो दाबी गरेका हुन् ।



    उनले राजतन्त्र वा राजा फर्केर आउने कुनै सम्भावना नरहेको बताए । ‘यो देश राजामहाराजाको देश होइन । जनताको देश हो ।अब राजा आउने कल्पना नगरे हुन्छ,’ उनले भने ।



    देशमा भ्रष्टाचारविरुद्ध नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) एकसाथ मिलेर अगाडि बढेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार