Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • कुकुरलाई सडकमा शौच गराउनेलाई कारबाही

    कुकुरलाई सडकमा शौच गराउनेलाई कारबाही

    अनलाइन नेपाल
  • बुधबार, २५ पुष २०८०
  • 621
    SHARES

    फाइल तस्विर

    काठमाडौं । घरपालुवा कुकुरलाई सार्वजनिक स्थानमा शौच गराउनेलाई काठमाडौं महानगरपालिकाले कारबाही शुरु गरेको छ।

    महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले सोमबारदेखि महानगर प्रहरी परिचालन गरी कारबाही थालेको जानकारी दिए। पहिलो दिनमा पाँच कुकुरधनीलाई कारबाही पाण्डेले जानकारी दिए। ‘यसअघि पनि वेलावेला यस्तो कार्य नगराउन सचेत गराउँदै आएको हो’, उनले भने, ‘सार्वजनिक स्थानमा शौच गराउने कार्य बन्द नगरेपछि अहिले कुकुर नै नियन्त्रणमा लिन थालिएको हो।



    चार वर्षअघि पनि महानगरपालिकाले सार्वजनिकस्थलमा कुकुरलाई शौच गराउने कुकुरधनीलाई कारबाही गर्ने घोषणा गरेको थियो। यो पटक महानगरले विभिन्न वडामा रहेका टोल सुधार समिति तथा क्लबलाई परिचालन गरेर सचेतना कार्यक्रम पनि गरिरहेको छ।



    कुकुरको मलमूत्रबाट परजीवी जुका तथा पाचन प्रणालीमा असर गर्ने जियार्डियासिस, साल्मोनेलिस र अमिबियासिसजस्ता रोगको सङ्क्रमण फैलिने केन्द्रीय पशु चिकित्सालयका पशु चिकित्सक डा. ग्रीष्म न्यौपानेले बताए।

    डा। न्यौपानेले कुकुरको दिसामा हुने इकाइनोकोकस ग्रानुलोसस भनिने एक प्रकारको फित्तेजुकाको अण्डा मानिसको खानेकुरामा पुगेमा कलेजो, फोक्सो, मिर्गौला वा मस्तिष्कमा पनि सिस्टको रूपमा विकसित हुने सम्भावना रहने बताए । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार