Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • अब बागलुङमा कुकुर पाल्न दर्ता अनिवार्य, शुल्क २०० !

    अब बागलुङमा कुकुर पाल्न दर्ता अनिवार्य, शुल्क २०० !

    अनलाइन नेपाल
  • मंगलबार, २ साउन २०८०
  • 495
    SHARES

    बागलुङ । बागलुङ नगरपालिकाले कुकुर पाल्न पनि शुल्क तिरेर दर्ता गर्नुपर्ने अभियान थालेको छ। कुकुर दर्ता अभियान नगरपालिकाले साउन १ गतेदेखि थालेको हो ।

    नगरपालिकाले आ–आफ्नो घरमा भएका कुकुर नजिकको वडा कार्यालयमा गएर दर्ता गर्न सकिने सुविधा दिएको छ। कुकुर दर्ता गर्दा प्रति कुकुर २०० रूपैयाँ दर्ता शुल्क तिर्नुपर्नेछ।



    वडा कार्यालयमा कुकुर दर्ता गरेपछि मात्र पशु सेवा शाखामा गएर कुकुरलाई निस्शुल्क रेबिज खोप लगाउन पाउनेछन्।



    नगरपालिकाले रेबिज विरुद्धको खोप प्रदान गर्ने, छाडा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण गर्ने, घरपालुवा कुकुरको तथ्याङ्क सङ्कलन गर्ने, दर्ता गर्ने र निःशुल्क औषधि उपचार तथा परामर्श दिन यस्तो अभियान सुरु गरेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार