Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कुकुर नै फ्याउरोमा परिणत भएपछि…

    कुकुर नै फ्याउरोमा परिणत भएपछि…

    अनलाइन नेपाल
  • बिहिबार, २५ कार्तिक २०७८
  • 1.9K
    SHARES

    एजेन्सी । पेरुमा एक अनौठो घटना भएको । त्यहाँको एउटा घरमा पालिएको कुकुर फ्याउरोमा परिणत भएको छ।

    सञ्चारमाध्यमका अनुसार किनेको केहि महिनापटि नै कुकुर फ्याउरो भएको हो। राजधानी लिमास्थित सानो पसलबाट एक व्यक्तिले १३ अमेरिकी डलरमा कुकुरको छाउरो किनेका थिए। हस्की जातको कुकुर भनेर किनेका उनले कुकुरको नाम ‘रन रन’ नाम राखेका थिए।



    तर सो कुकुरले जंगली जनावरको सिकार थालेको भन्दै गाउँले र सम्बन्धित निकायका मानिसले उजुरी गर्न थालेपछि सो कुकुर फ्याउरो भएको पुष्टि भएको हो। सो कुकुर किनेको करिब चार–पाँच महिनामै फ्याउँरोमा परिणत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।



    फ्याउरोमा परिणत भएको सो कुकुर जंगली जनावर भएको पेरुको राष्ट्रिय वन तथा वन्यजन्तु विभागले बताएको छ। विभागका अनुसार तस्करहरुले अमेजोनियन क्षेत्रबाट अवैध रुपमा जंगली जनावर ल्याउने गरेको र राजधानी लिमालगायत शहरी क्षेत्रमा बेचविखन गर्ने गरेको पाइन्छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार