Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • प्रधानमन्त्री कप पुरुष क्रिकेट आजदेखि

    प्रधानमन्त्री कप पुरुष क्रिकेट आजदेखि

    अनलाइन नेपाल
  • शनिबार, २८ पुष २०८०
  • 453
    SHARES

    काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ । नेपाल क्रिकेट संघ क्यानले आयोजना प्रतियोगिता आजदेखि सुरु भएको हो ।

    एकदिवसीय फर्म्याटमा हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टिमले प्रतिस्पर्धा गर्नेछन् । यसपटक राउण्ड रोविन लिगमा यस प्रतियोगिता हुनेछ ।



    जसले गर्दा हरेक टोलीले कम्तीमा ९ खेल खेल्न पाउनेछन् । लिग चरणमा कुल ४५ खेल हुनेछ । त्यसपछि शीर्ष दुई टोलीले सीधै फाइनल खेल्नेछ । अर्को यसपटक प्रतियोगिता उपत्यका बाहिरसमेत हुनेछ र कुल ३ मैदानमा खेलाइनेछ ।



    जसमा काठमाडौंको टीयू मैदान र मुलपानी मैदान तथा भैरहवाको सिद्धार्थ क्रिकेट मैदान छन् । पहिलो दिन तीन खेल हुनेछ ।

    उद्घाटन खेल नेपाल पुलिस क्लब र बागमती प्रदेशबीच टीयू मैदानमा हुनेछ । यस्तै कोशी र मधेश प्रदेशबीच मुलपानी मैदानमा खेल हुनेछ भने लुम्बिनी र गण्डकी प्रदेशबीच सिद्धार्थ मैदानमा खेल हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार