Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • प्रधानमन्त्री कपमा पुलिसको विजयी सुरुवात

    प्रधानमन्त्री कपमा पुलिसको विजयी सुरुवात

    अनलाइन नेपाल
  • शनिबार, २८ पुष २०८०
  • 549
    SHARES

    काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेका छन् ।

    त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको पहिलो खेलमा नेपाल पुलिसले रासिद खानको शतकको मद्दतमा बागमती प्रदेशलाई ६८ रनले हराएको हो ।



    टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले रासिद खानको शतकको मद्दतमा ५० ओभरमा ८ विकेट गुमाएर २८२ रन बनायो । शेख ५७ रन बनाएर आउट भए । खान क्रिजमा टिकिरहे ।



    कप्तान दीपेन्द्र सिंह ऐरीसँग ४३ र करण केसीसँग २५ रनको साझेदारी गरेका उनी १०६ रनमा अविजित रहे । ११२ बलको सामना गरेका उनले ९ चौका र ६ छक्का हानेका थिए ।

    बागमतीका रिजन दाहाल र सूर्य तामाङले समान ३–३ विकेट लिएका थिए । २८३ रनको लक्ष्य पछ्याएको बागमतीले ४३.३ ओभरमा सबै विकेट गुमाएर २१४ रन मात्र बनाउन सक्यो ।

    पुलिसका सागर ढकालले ३ विकेट लिँदा करण केसी, रासिद खान र दीपेन्द्र सिंह ऐरीले २–२ विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार