Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पीडितको टाउको फुटाउँदा पनि आक्रमणकारीविरुद्ध प्रहरीले किन जाहेरी लिएन ?

    पीडितको टाउको फुटाउँदा पनि आक्रमणकारीविरुद्ध प्रहरीले किन जाहेरी लिएन ?

    अनलाइन नेपाल
  • बुधबार, ३ माघ २०८०
  • 2.3K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीको मुख्य काम भनेको जनताको जिउधनको रक्षा गरी शान्ति सुरक्षा प्रदान गर्नु हो । तर, दिनदहाडै एक व्यक्तिमाथि सांघातिक आक्रमण गरी टाउको फुटाएको घटनामा समेत प्रहरीले जाहेरी नै नलिएको पीडितको गुनासो छ ।

    घटना गत पुस २० गते कागेश्वरी मनोहराको हो । दुई पक्षबीच जिल्ला अदालत काठमाडौं र झापामा दर्ता भएको लेनदेन र अंश सम्बन्धि मुद्दाका विषयमा मिलापत्र गर्न भनी बोलाएर ममता राई र शम्भु खत्रीको समूहले कुटपिट गरेको पीडित केशव घिमिरेले बताएका छन् ।



    घिमिरेका अनुसार ममता राईसँग २ करोड ४५ लाख रकम लेनदेन र अंशको विवाद रहेको छ । जुन मुद्दा अहिले अदालतमा विचाराधिन छ ।



    अदालतमा मुद्दा चलिरहेकै बेला राई र खत्रीको समूहले पैसा दिने भन्दै उनीहरु बसेको ठाउँमा बोलाएर आफूलाई टाउको फुट्ने गरी आक्रमण गरेको घिमिरेको गुनासो छ ।

    राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत ममता राई र शम्भु खत्रीलगायतको समूहले पीडित घिमिरेमाथि फलामको रड र घरेलु हतियार प्रयोग गरी निर्घात कुटपिट गर्दा घिमिरेको टाउकोमा गम्भीर चोट लागेर राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गराइरहेका छन् ।

    घटना भएको १५ दिन वित्न लाग्दा समेत प्रहरीले जाहेरी नलिएर कानूनी शासनको धज्जी उडाएको छ । कारोबार लेनदेन वा अन्य जे सुकै भएपनि प्रहरीको पहिलाे काम भनेको जनताको जिउधनको सुरक्षा गर्नु हो ।

    पीडित घिमिरेका अनुसार घटना हुनु अघि नै शंका लागेर राई र खत्रीको समूहले आफूमाथि आक्रमण गर्न लागेको सूचना प्रहरी बृत्त बानेश्वरमा दिएका थिए । तर, बानेश्वरका डिएसपी शिवराज बुढाथोकीले घटनाबारे बुझ्ने प्रयास नै नगर्दा अन्ततः घिमिरेको झण्डै ज्यान नै गएन ।

    घिमिरे ट्रमा सेन्टरको ११५ नम्बर बेडमा जीवन र मृत्युको दोसाँधमा छन् । घटना लगत्तै पीडित घिमिरेका आफन्त उजुरी लिएर बानेश्वर बृत्तमा जाँदा डिएसपी बुढाथोकीले जाहेरी लिन नमानेकाे उनकाे गुनासाे छ । बुढाथोकीले मिलापत्र गर्न दबाब दिंदै जाहेरी लिन नमानेपछि जिल्ला प्रहरी परिसर काठमाडौं पुगेकाे पीडित पक्षकाे भनाई छ ।

    पीडित घिमिरे

    त्यहाँ पनि प्रहरीले आलटाल गरेपछि अन्ततः पीडितहरुले माघ २ गते जाहेरी दर्ता गरी मुद्धाको तहकिकात अनुसन्धान गरी अभियोग पत्र दर्ता गरी कार्वाही गरी पाउँ भन्दै जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा निवेदन दिएका छन् ।

    राई र खत्रीको समूहविरुद्ध घिमिरेले दिएको किटानी जाहेरीमाथि किन कारबाही अगाडि बढेन भन्ने अनलाइन नेपालको प्रश्नमा प्रहरी बृत्त बानेश्वरका डिएसपी शिवराज बुढाथोकीले केशव घिमिरेकाविरुद्ध पनि जाहेरी आएको बताए । डिएसपी बुढाथोकीले दुबै पक्षको जाहेरी लिएर अनुसन्धान भइरहेको बताए ।

    घिमिरेको टाउको फुट्दा पनि किन आक्रमणकारीलाई पक्राउ गर्नु भएन भन्ने अर्को प्रश्नमा उनले भने–‘घिमिरे आफै राती ममता राईको घरमा गएका थिए । त्यहि बेला स्थानियहरु भेला भएर आक्रमण गरेका हुन् । अर्को पक्षका व्यक्तिको पनि औंला काटिएको छ । घिमिरे र राई श्रीमान श्रीमती हुन् ।’

    दुबै पक्षलाई बोलाएर छलफल गराउन खोज्दा उहाँ(घिमिरे) उपचार गराएर आउँछु भन्दै जानु भएको डिएसपी बुढाथोकीको दावी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार