Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सूचना प्रविधि समितिले माग्यो टेरामक्स खरिदका सबै कागजात

    सूचना प्रविधि समितिले माग्यो टेरामक्स खरिदका सबै कागजात

    अनलाइन नेपाल
  • बिहिबार, ४ माघ २०८०
  • 435
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले टेरामक्स र एमडिएमएस खरिदका सबै कागजात मगाएको छ।

    बिहीबार भएको छलफलपछि समितिले छ वर्षअघि टेरामक्स प्रविधि खरिद गर्ने निर्णय गर्दाको कागजात मगाएको हो। समितिको बैठकले एक साताभित्र यससम्बन्धी सुरूदेखिका कागजात उपलब्ध गराउन निर्देशन दिएको छ।



    कागजात प्राप्त भएपछि समितिले विज्ञहरूसँग छलफल गर्ने तयारी गरेको छ। समितिले आज सञ्चार मन्त्रालयसँग टेरामक्स र एमडिएमएस खरिदका विषयमा छलफल गरेको थियो।



    एनसेलको सेयर खरिद-बिक्री, टेरामक्स प्रविधि र एमडिएमएस प्रणालीको प्रविधि खरिदमा लगायतमा विवाद देखिएपछि प्राधिकरणको अध्यक्षलाई राजीनामा गर्न लगाइएको हुन सक्ने संसदीय समितिका सदस्यहरुको आशंका छ।

    विभिन्न टेलिकम कम्पनीहरुले अनुगमनका क्रममा आन्तरिक रुपमा नै टेरामक्स प्रविधि जडान गरेकाले पनि प्राधिकरणले छुट्टै रुपमा टेरामक्स खरिद र जडान गर्न आवश्यक नहुने उनीहरुको भनाइ थियो ।

    यही प्रतिक्रियापछि संसदीय समितिले त्यतिबेलाको आवश्यकता र अहिलेको अवस्थावारे दृष्टिकोण पेश गर्न निर्देशन दिएको छ ।

    समितिले मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) र टेरामक्स प्रविधि खरिदकाबारेमा मन्त्रालयबाट भएका नीतिगतदेखि सबै निर्णयहरुको विवरण र कागजात पनि मन्त्रालयबाट माग गरेको छ ।

    मन्त्रालयकै सहसचिव गौरव गिरीको संयोजकत्वमा गठन भएको समितिले तयार पारेको एमडीएमएस छानबिन प्रतिवेदन समेत पेश गर्न निर्देशन दिने निर्णय गरेको छ ।

    एमडीएमएस र टेरामक्स दुवै प्रविधि नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेका हुन् । भन्सारबाट अनधिकृत रुपमा भित्रिने मोबाइल सेटहरुको अनुगमन र व्यवस्थापनका लागि एमडीएमएस प्रणाली खरिदको निर्णय भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार