Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • नेप्सेमा झण्डै ३१ अंकको गिरावट, चार अर्बमा झर्यो कारोबार रकम

    नेप्सेमा झण्डै ३१ अंकको गिरावट, चार अर्बमा झर्यो कारोबार रकम

    अनलाइन नेपाल
  • बिहिबार, १८ माघ २०८०
  • 423
    SHARES

    काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक करिब ३०.९२ अंकले घटेको छ ।

    नेप्से परिसूचक ३०.९२ अंकले घटेर २०६७.०१ विन्दुमा कायम भएको हो ।



    बुधबार २१ अंकले घटेको नेप्से बिहीबार पनि उच्च अंकले ओरालो लागेको हो । बिहीबार ८० हजार २९ वटा कारोबारबाट ३ सय ९ वटा कम्पनीका १ करोड १५ लाख १४ हजार ५ सय ७१ कित्ता सेयर किनबेच भएको छ ।



    उक्त किनबेचबाट ४ अर्ब १८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । बुधबार ५ अर्ब २९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

    सो दिन कारोबारमा आएकामध्ये १९ कम्पनीको सेयर मूल्य बढेपनि २ सय २६ वटा कम्पनीको घट्यो ।

    बाँकी कम्पनीको सेयर मूल्य स्थिर छ । यो सँगै सेयर बजारको आकार कुल बजार पुँजीकरण पनि घटेर ३२ खर्ब ९६ अर्ब रुपैयाँ कायम भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार