Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • हेटौंडाबाट १० किलो गाँजासहित पक्राउ

    हेटौंडाबाट १० किलो गाँजासहित पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १९ माघ २०८०
  • 312
    SHARES

    संकेतिक तस्विर

    हेटौंडा । अवैध लागूऔषध गाँजा करिब १० केजीसहित एक जनालाई पक्राउ गरेको छ ।

    हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट गाँजासहित सर्लाही बागमती नगरपालिका-१२ बस्ने १९ वर्षीय निशान गोलेलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।



    प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट बिराटनगरतर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख ०४५३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार गोलेलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।



    साथै बस सवार १ जनालाई समेत प्रहरीले आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार