Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • गाजामा तत्काल युद्धविराम गर्ने प्रस्तावमा अमेरिकाको भिटो, रिसायो चीन

    गाजामा तत्काल युद्धविराम गर्ने प्रस्तावमा अमेरिकाको भिटो, रिसायो चीन

    अनलाइन नेपाल
  • बुधबार, ९ फाल्गुन २०८०
  • 486
    SHARES

    एजेन्सी । गाजामा जारी युद्ध रोक्ने राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्तावलाई अमेरिकाले भिटो लगाएर रोकेको छ ।

    इजरायल र हमासबीचको युद्ध तत्काल नरोक्न अमेरिकाले भिटो लगाएको हो ।



    अल्जेरियाको नेतृत्वमा अरब राष्ट्रहरूले यो प्रस्तावलाई मंलबार मतदानका लागि पेस गरेका थिए । इजरायलको प्रमुख सहयोगी अमेरिकाले यसलाई पारित हुन नदिने चेतावनी दिएको थियो ।



    यो प्रस्ताव मस्यौदाको विपक्षमा मतदान गर्ने अमेरिका मात्रै एक्लो राष्ट्र हो । अन्य १३ सदस्यले प्रस्तावको पक्षमा मतदान गरेका छन् ।

    प्रस्तावमा अमेरिकाले भिटो प्रयोग गरेपछि चीनले अमेरिकाको कडा आलोचना गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार