Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • एसपी बस्नेतले किन टेरेनन् आईजीपीको निर्णय ?

    एसपी बस्नेतले किन टेरेनन् आईजीपीको निर्णय ?

    अनलाइन नेपाल
  • शनिबार, १२ फाल्गुन २०८०
  • 32.6K
    SHARES

    काठमाडौं । गत १ फागुनमा प्रहरी प्रधान कार्यालयले ६८ प्रहरी उपरीक्षक (एसपी) को सरुवा ग¥यो । सरुवामा २५ जिल्लाका प्रहरी प्रमुख फेरिए ।

    सरुवा मापदण्डअनुसार यसअघि ‘क’ वर्गका जिल्लामा बसेका एसपीलाई ‘ख’ मा र ‘ख’ मा बसेकालाई ‘क’ मा पठाइएको थियो । सोहीअनुसार तराई र पहाडका जिल्लाका एसपी फेरिए ।



    पूर्वी पहाडको जिल्ला धनकुटामा एसपी विमल बस्नेतलाई पठाइयो । तर, एसपी बस्नेत धनकुटा गएनन् । उनी नगएपछि अर्का एसपी श्यामसिंह चौधरीलाई धनकुटा पठाइएको छ । प्रहरी महानिरीक्षकको निर्णयलाई नमान्ने एसपी बस्नेतलाई संसद्को जिम्मेवारी दिइएको छ ।



    स्रोतका अनुसार आफूलाई राम्रो जिल्ला नदिइएको भन्दै उनी धनकुटा नगएका हुन् । एसपी बस्नेत अहिलेका एसपीमध्ये सबैभन्दा सिनियर हुन् । तर, घुस काण्डमा बल्लतल्ल जागिर जोगाएका थिए ।

    कमजोर कार्यक्षमताका कारण उनलाई प्रहरी महानिरीक्षकले तराईको जिल्ला दिएनन् । पाँच वर्षअघि कर्णाली ट्राफिकको प्रमुख हुँदा संस्थागत रूपमा घुसखोरी चलाएको खुलेपछि उनी निलम्बनमा परेका थिए ।

    पछि विभागीय कारबाही गरेर जागिर जोगियो । सोही कारण उनलाई क वर्गको जिल्लामा नदिइएको प्रहरी स्रोत बताउँछ । तर, आईजीपीको निर्णयलाई उनले चुनौती दिएका छन् ।

    राष्ट्रिय अनुसन्धान विभागबाट सोर्सफोर्सका आधारमा बस्नेत नेपाल प्रहरीमा स्थानान्तरण भएका विवादास्पद अधिकृत हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार