Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • प्रहरी कल्याणकोषको १२ अर्ब हिनामिना प्रकरण : पूर्व प्रहरीले गरे आन्दोलनको घोषणा

    प्रहरी कल्याणकोषको १२ अर्ब हिनामिना प्रकरण : पूर्व प्रहरीले गरे आन्दोलनको घोषणा

    अनलाइन नेपाल
  • आइतबार, १३ फाल्गुन २०८०
  • 1.9K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीले सञ्चालनमा ल्याएको प्रहरी कल्याण कोषलाई विगतका नेतृत्व मिलेर हिनामिना गरेको भन्दै नेपाल पूर्व प्रहरी संगठनले आन्दोलनको घोषणा गरेको छ ।

    नेपाल प्रहरीको पूर्व नेतृत्वले कल्याण कोषको रकम चरम दुरुपयोग गरेको भन्दै संगठनले शनिबार राजधानीमा तीन बुँदे माग राखेर आन्दोलनको घोषणा गरेको हो ।



    २०४८ सालमा स्थापना भएको कल्याण कोषमा अहिले जम्माजम्मी ४ अर्ब रुपियाँको हाराहारीमा मात्रै रकम भएको भन्दै संगठनका अध्यक्ष वसन्तराज कुँवरले भने – ‘कोषको रकम हिनामिना गर्ने प्रहरीको पूर्व नेतृत्वमाथि कारबाही हुनुपर्ने माग राख्दै हामीले आन्दोलनको घोषणा गरेका हौं।’



    संगठनले कल्याण कोषको आयव्यय नेपाल पूर्व प्रहरी संगठनका पदाधिकारी र स्वतन्त्र चार्टर एकाउन्टेन्ट वा अडिट फर्मसमेत राखी एक समिति गठन गरी २०४९ साल फागुनदेखिको कोषको संरक्षक तत्कालीन आईजीपी मोतिलाल बोहरा र २०६९ भदौसम्मको संरक्षक तत्कालीन आईजीपी रविन्द्रप्रताप शाहको पालासम्मको छानबिन गर्नसमेत माग गरेको छ।

    संगठनले कल्याण कोषको रकमबाट कल्याणकारी काममा रकम विनियोजन गर्दा बैंकमा जम्मा गरिएको मूलधनबाट आएको ब्याजका आधारमा ४० प्रतिशत वहालका प्रहरीका लागि, ४० प्रतिशत पूर्व प्रहरीका लागि र २० प्रतिशत आयमूलक काममा खर्च गर्ने नीतिगत निर्णय गरी निर्णय कार्यान्वयन गर्नुका साथै कल्याण कोषमा पूर्व प्रहरी संगठनको तर्फबाट ४० प्रतिशत सहभागिता सुनिश्चित गर्न पनि माग गरेको छ ।

    त्यस्तै, प्रहरी संगठनको काम शान्ति सुरक्षा दिने भएकोले कल्याणकारी योजनाअन्तर्गतका व्यापारिक कामहरू पूर्व प्रहरी संगठनलाई हस्तान्तरण गर्न माग गर्दै प्रहरी संगठनले व्यापार होइन, शान्ति सुरक्षा कायम गर्नुपर्नेमा जोड दिएको छ । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार