Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • इलाम २ र बझाङ १ मा वैशाख १५ गते उपनिर्वाचन हुने

    इलाम २ र बझाङ १ मा वैशाख १५ गते उपनिर्वाचन हुने

    अनलाइन नेपाल
  • आइतबार, १३ फाल्गुन २०८०
  • 555
    SHARES

    काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा १५ वैशाखमा उपनिर्वाचन हुने भएको छ ।

    निर्वाचन आयोगको आइतबार बसेको २०८१ वैशाख १५ गते शनिबार उपचुनाव गर्ने निर्णय गरेको हो ।



    इलाम २ मा एमालेबाट निर्वाचित सुवासचन्द्र नेम्बाङ र बझाङ १ मा कांग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएपछि उक्त स्थान रिक्त भएको थियो ।



    सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री समेत रहेका सिंहको असार ५ मा सडक दर्घटनामा परी निधन भएको थियो।

    संविधानसभाका अध्यक्ष समेत रहेका इलामका नेम्बाङको गत भदौ २६ मा निधन भएको थियो। स्थानीय तहमा पनि दुई दर्जन स्थान खाली छन् ।

    आयोगले नै मिति तय गर्ने अधिकार भएकाले प्रतिनिधिसभा र प्रदेशसभाको चाहिँ चुनाव गरिहाल्ने तयारी गरेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए।

    स्थानीय तहको निर्वाचन मिति भने सरकारले तोक्ने व्यवस्था छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार