Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • गजुरीबाट ६२० किलो गाँजासहित एकजना पक्राउ

    गजुरीबाट ६२० किलो गाँजासहित एकजना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १६ फाल्गुन २०८०
  • 669
    SHARES

    मलेखु । धादिङको गजुरी गाउँपालिका–२, बिहानी पेट्रोलपम्प नजिकबाट प्रहरीले ६२० किलो गाँजा बरामद गरेको छ ।

    काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ख ८३०९ नम्बरको ट्रकमा राखिएको ६२० किलो गाँजासहित धादिङ प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको हो ।



    प्रहरीले ट्रक चालक सर्लाहीका २९ वर्षीय सन्तोषकुमार साहलाई नियन्त्रणमा लिएको हो ।



    मंगलबार जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक गौतमकुमार केसीको कमान्डमा खटिएको टोलीले गाँजा बरामद गरेको हो ।

    पृथ्वी राजमार्गबाट ठूलो परिमाणमा गाँजा लिएर एउटा ट्रक सर्लाहीतर्फ जाँदै गरेको विशेष सूचनाका आधारमा नियन्त्रण गर्न सफल भएको प्रहरी उपरीक्षक केसीले बताए । गाँजासहित पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार