Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • नेपाली महिला राष्ट्रिय फुटबल टिमलाई ५० हजार पुरस्कार दिने सिंहको घोषणा

    नेपाली महिला राष्ट्रिय फुटबल टिमलाई ५० हजार पुरस्कार दिने सिंहको घोषणा

    अनलाइन नेपाल
  • बिहिबार, १७ फाल्गुन २०८०
  • 1.5K
    SHARES

    कैलाली । नेपाली महिला राष्ट्रिय फुटबल टिमलाई सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दिपक बहादुर सिंहले व्यक्तिगत ५० पुरस्कार घोषणा गरेका छन् ।

    बिहीबार राति सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सिंहले यस्तो घोषणा गरेका हुन् । वाफ महिला च्याम्पियनसिपको जोर्डनविरुद्ध नेपाली महिला टिम अहिले फाइनल खेलिरहेको छ ।



    पहिलो हाफमा नेपालले १-० गोलको अग्रता बनाएको छ । साउदी अरेबियाको प्रिन्स अब्दुल्लाह अल फैसल रंगशालामा जारी खेलमा सविता रानामगरले गोल गर्दै नेपाललाई अग्रतामा राखेकी हुन् ।



    २९औं मिनेटमा रेखा पौडेलको पासलाई सदुपयोग गर्दै १८ यार्ड बक्स बाहिरबाट उत्कृष्ट गोल गरिन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार