Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • घरमा छिरेका चोरहरुको कुटपिटबाट एक जनाको मृत्यु, एक गम्भीर घाइते

    घरमा छिरेका चोरहरुको कुटपिटबाट एक जनाको मृत्यु, एक गम्भीर घाइते

    अनलाइन नेपाल
  • बिहिबार, २४ फाल्गुन २०८०
  • 3.8K
    SHARES

    नेपालगन्ज । घरमा पसेका चोरहरूको कुटपिटबाट एक जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् ।

    बाँकेको जानकी गाउँपालिका ५ रुद्रपुर नयाँ बस्ती निवासी सन्तोष थारुको घरमा बुधवार राति करिब १ बजे पाँच सात जनाको समूहमा चोरी गर्ने उद्देश्यले छिरेकाहरूले कुटपिट गरेपछि गम्भीर घाइते भएका सन्तोष थारुको उपचारको क्रममा शिक्षण अस्पताल नेपालगन्जमा मृत्यु भएको हो ।



    जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सो घटनामा परि घाइते हुनुभएकी मृतक थारुकी पत्नी सबिता थारुको भेरी अस्पतालमा उपचार भइरहेको छ ।



    लुटेराहरूले लुट्न खोज्दा थारु परिवारले प्रतिकार गरेको हुँदा धारिलो हतियार प्रयोग गरेर उनीहरूमाथि आक्रमण र कुटपिट गरिएको बताइएको छ ।

    प्रहरी नायब निरीक्षक जय बहादुर थारुको कमान्डमा खटिएको प्रहरी टोलीले लुटेराहरूको खोज तलास गरिरहेको पनि जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार