Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सुदूरपश्चिममा एकीकृत समाजवादीका मन्त्री शाही पनि बर्खास्त

    सुदूरपश्चिममा एकीकृत समाजवादीका मन्त्री शाही पनि बर्खास्त

    अनलाइन नेपाल
  • बिहिबार, २४ फाल्गुन २०८०
  • 690
    SHARES

    धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारमा रहेका एकीकृत समाजवादीका मन्त्री नरेशकुमार शाहीलाई हटाएका छन् ।

    बदलिएको राजनीतिक समीकरणपछि केन्द्रमा समाजवादीले नयाँ सत्ता गठबन्धनमा सहभागी भएसँगै यहाँ समाजवादीबाट मन्त्री बनेका शाहीलाई बर्खास्त गरिएको हो ।



    मन्त्रिपरिषद्को हेरफेर र कार्याविभाजन गर्दै मुख्यमन्त्री शाहले आर्थिक मामिला मन्त्रालय आफू मातहत राखेको प्रमुख प्रमुख देवराज जोशीले प्रेषित पत्रमा उल्लेख छ ।



    समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएसँगै कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

    मुख्यमन्त्रीले दुई दिनअघि माओवादी केन्द्रका सामाजिक विकासमन्त्री झपट साउद, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी र सोही मन्त्रालयकी राज्यमन्त्री गीता माललाई हटाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार