Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • नयाँ गृहमन्त्रीको ‘स्प्रिट’ अनुसार काम गर्न आईजीपीको निर्देशन

    नयाँ गृहमन्त्रीको ‘स्प्रिट’ अनुसार काम गर्न आईजीपीको निर्देशन

    अनलाइन नेपाल
  • बिहिबार, २४ फाल्गुन २०८०
  • 2.3K
    SHARES

    काठमाडौं । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले नव नियुक्त गृहमन्त्री रवि लामिछानेको ‘स्प्रिट’अनुसार काम गर्न प्रदेश प्रहरी प्रमुख तथा जिल्ला प्रहरीहरूलाई निर्देशन दिएका छन् ।

    बिहीबार भिडियो कन्फरेन्समार्फत देशभरिका प्रहरी इन्चार्जलाई निर्देशन दिँदै उनले शान्ति सुरक्षामा त्रुटिरहित ढंगले काम गर्न भनेका हुन् ।



    गृहमन्त्री लामिछानेले बुधबार मन्त्रालयमा प्रहरी महानिरीक्षकलाई निर्देशन दिँदै कानुनको पालनामा कसैको दबाबमा नपर्न भनेका थिए ।



    साथै, चोरी तस्करी नियन्त्रणलाई विशेष प्राथमिकता दिन उनले भनेका छन् । लामिछानेको निर्देशनलाई प्रहरी महानिरीक्षक कुँवरले देशभरिका प्रहरीलाई कार्यान्वयनका लागि आदेश दिएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार