Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • मिक्वाखोलाका भूमिहीनलाई निस्सा वितरण

    मिक्वाखोलाका भूमिहीनलाई निस्सा वितरण

    अनलाइन नेपाल
  • शनिबार, २६ फाल्गुन २०८०
  • 363
    SHARES

    ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले भूमिहीनलाई निस्सा वितरण गरेको छ । राष्ट्रिय भूमि आयोग ताप्लेजुङको समन्वयमा दलित र भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्दैआएका परिवारलाई निस्सा वितरण गरेको हो ।

    मिक्वखोला–१ र २ मा आठरआठ परिवारलाई निस्सा वितरण गरिएको हो । मिक्वखोला–३ मा दुई, वडा नं ४ मा तथा वडा नं ५ मा दुई परिवारलाई निस्सा वितरण गरिएको मिक्वाखोलाका प्रमुख प्रशासकीय अधिकृत अर्जुनदेव योङयाले जानकारी दिए ।



    निस्सा वितरण गरेसँगै जग्गा खोजी गरी केही महिनापछि उपलब्ध गराउने गरी पालिकाले काम गरिरहेको उनले बताए ।



    निस्सा पाएपछि जग्गा पाउने आशले भूमिहीन स्थानीय खुसी भएका छन् । राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष कुमार बस्नेतका अनुसार निस्सा वितरण गर्ने मिक्वाखोला गाउँपालिका जिल्लाको दोस्रो स्थानीय तह हो ।

    यसअघि गत पुस २७ गते फुङ्लिङ नगरपालिकामा राष्ट्रिय भूमि आयोगले नगरपालिकाभित्रका ३६ दलित, ७० सुकुम्बासी र ११ अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरेको थियो ।

    निस्सा पाएका परिवारले सम्बन्धित वडामा जग्गा प्राप्तिका लागि आफ्नो दाबी प्रस्तुत गर्न पाउने अध्यक्ष बस्नेतले बताए । उनका अनुसार प्रमाणीकरणमा परी निस्सा पाएका परिवारले बजार क्षेत्रमा न्यूनतम चार आना र बजार बाहिर एक रोपनीसम्म जग्गा प्राप्त गर्नेछन् । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार