Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • कांग्रेस सरकार बनाउने धन्दामा छैन : महामन्त्री शर्मा

    कांग्रेस सरकार बनाउने धन्दामा छैन : महामन्त्री शर्मा

    अनलाइन नेपाल
  • शनिबार, २६ फाल्गुन २०८०
  • 285
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो पार्टी सरकार बनाउने धन्दामा लाग्न नहुने बताएका छन्।

    शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् । उनले अहिले बनेको नयाँ गठबन्धनलाई काम गर्न दिएर कांग्रेस सशक्त प्रतिपक्ष बन्नुपर्ने बताए ।



    आफूहरुले सभापति शेरबहादुर देउवालाई पनि केही समय पर्खिन आग्रह गरेको महामन्त्री शर्मालको भनाइ छ ।



    महामन्त्री शर्माले भने,‘हामीले सभापतिज्यूलाई भनेका छौं । अहिले केही समय पर्खनुस् । यो गठबन्धन जे बनेको छ, यो गठबन्धनले काम गर्ने अवसर पाओस्।’

    महामन्त्री शर्माले अब नागरिकले पनि कांग्रेसलाई सरकारको धन्दामा नलाग्न खबरदारी गर्नुपर्ने बताए ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट धोका खानेहरु एक ठाउँमा आउने वातावरण बन्न सक्ने भन्दै महामन्त्री शर्माले अहिले हतार गर्न जरुरी नभएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार