Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • राष्ट्रपति पौडेलले गरे तीन प्रदेश प्रमुख पदमुक्त

    राष्ट्रपति पौडेलले गरे तीन प्रदेश प्रमुख पदमुक्त

    अनलाइन नेपाल
  • बुधबार, ३० फाल्गुन २०८०
  • 474
    SHARES

    काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेश प्रमुखलाई पदमुक्त गरेका छन् ।

    सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार तीन प्रदेश प्रमुखलाई पदमुक्त गरेका हुन् ।



    राष्ट्रपति पौडेलले मधेस प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख पदमुक्त गरेका छन् ।



    सोमबार मन्त्रिपरिषदको बैठकले मधेस प्रदेशका प्रमुख हरिशंकर मिश्र, गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङ र सुदूरपश्चिम प्रदेश देवराज जोशीलाई पदमुक्त गर्न सिफारिस गरेको थियो।

    त्यस अनुसार नै राष्ट्रपति पौडेलले उक्त सिफारिस स्वीकृत गरी पदमुक्त गरेका हुन्।

    यस्तै, रिक्त हुने पदहरूमा मधेस प्रदेशका लागि सुमित्रा भण्डारी, गण्डकी प्रदेशका लागि डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशका लागि नजिर मियाँलाई प्रमुख नियुक्त गर्न मन्त्रिपरिषद बैठकले सिफारिस गर्ने निर्णय गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार