Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • एमालेलाई हाम्रो सासमा पनि बास्न आउन थालेको छ : माधव नेपाल

    एमालेलाई हाम्रो सासमा पनि बास्न आउन थालेको छ : माधव नेपाल

    अनलाइन नेपाल
  • शनिबार, ३ चैत्र २०८०
  • 555
    SHARES

    काभ्रे । सत्ता घटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेलाई आफ्नो पार्टीको सास बास्ना आउन थालेको टिप्पणी गरेका छन् ।

    काभ्रेको जिल्ला अधिवेशनलाई उद्घाटन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । अध्यक्ष नेपालले हिजोको राजनीतिक कटुतालाई भूलेर अघि बढ्ने बताए ।



    अध्यक्ष नेपालले भने, ‘अहिले फेरि हिजो एमाले एकीकृत समाजवादी भएको ठाउँमा बस्नै नसक्ने, सासै गनाउने स्थिति थियो । अहिले बास्ना आउन थालेको छ । त्यस्तो हुन्छ । कटुता भएको बेलामा मन पर्दैन । अविश्वास बढेको बेलामा शंका हुन्छ । तर, तपाईंहरुले सुन्नुभएकै छ राजनीतिमा कहिलेपनि स्थायी शत्रु हुँदैन । मित्र पनि हुँदैन । यो कुरालाई ध्यान गर्नुपर्छ ।’



    उनले अहिले एकीकृत समाजवादी एमालेमा मिल्ने भनेर भएको हल्ला सत्यता नभएको जिकिर गरे । उनले देश फेरि निर्वाचनमा नजाओस् भन्ने चाहेर नयाँ समीकरणमा सहभागी भएको बताए ।

    प्रचण्डसँग ४० र ओलीसँग ५० वर्षको सम्बन्ध रहेको बताउँदै पुराना कुरा बिर्सेर नयाँ ठाउँमा जाने तयार भएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार